Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यरातदेखि लागेको आगो बल्ल आयो नियन्त्रणमा, हेलिकोप्टरबाट समेत पानी फालियो

काठमाडौं । बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो निकै लामो मेहनतपछि अन्ततः नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिए पनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो । सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको हो । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीका कारण करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।


सम्बन्धित समाचार