Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ। ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्। मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन्। तर एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतदान सकेर आजै मध्यराति गणना पनि सुरु हुने लक्ष्य रहेको बताए। आज राति ८ बजेसम्म मतदान सकिने हाम्रो अनुमान छ, उनले भने, तर यसमा एक–दुई घण्टा तलमाथि हुनसक्छ, राति १० बजेसम्म पक्कै मतदान सकिनेछ, मतदान सकिएपछि त गणना सुरु भइहाल्छ। उनले आजै मध्यरातिसम्म मतगणना पनि सुरु हुने आकलन रहेको बताए। जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल