Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यरातिमा ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए ।
दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।


सम्बन्धित समाचार