Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति पुजारीको हत्या

रौतहट । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका २, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हत्याराको खोजी जारी रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।