Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति प्रहरीमाथि स्थानीयवासी जाइलागे

चितवन । लकडाउनका बेला पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गएराति प्रहरी र स्थानीयबासीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएक छन् । राति साढे ९ बजेतिर गाँजा बरामद गर्नेक्रममा स्थानीयवासी प्रहरीमाथि नै जाइलागेपछि भएको झडपमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएका छन् । घाइतेमध्ये यादवको अवस्था गम्भीर रहेको छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले एक राउण्ड हवाईफायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा १२ च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ । प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् ।


सम्बन्धित समाचार