Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति बालेनले भने, तपाईंहरूको योगदान अमूल्य छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि युवाहरू र वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो समर्थन व्यक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति भएको केही समयपछि सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। बालेनको यो स्टाटसले जेन–जी आन्दोलनप्रति उनका दृष्टिकोण र सम्मानलाई स्पष्ट रूपमा देखाएको छ। विशेष गरी, जेन–जी आन्दोलनपछि राजनीतिक परिवर्तनको प्रक्रियामा बालेन साहको संवेदनशीलता र सम्मानजनक अभिव्यक्तिले समाजमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल