Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनकामना इन्जिनियरिङ हाइड्रोले आइपीओ बिक्री गर्दै

काठमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले असार १९ गतेबाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ।
कम्पनीले दैलेखका स्थानीयलाई ८ लाख कित्ता सेयर छुट्याएको छ। गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७, ८ र बिगु गाउँपालिका वडा नं ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाले आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी २ लाख कित्तामा वैदेशिक रोजगारमा गएकाहरुले आवेदन दिन मिल्छ। दुवैले आवेदन दिने अन्तिम दिन साउन २ गते हो। म्यादसम्म पर्याप्त आवेदन नआए स्थानीयका लागि साउन १७ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारले भने साउन २ गतेसम्म दिइसक्नुपर्नेछ।
न्यूनतम १० कित्ताका लागि आवेदन दिन मिल्छ। धेरैमा आयोजना प्रभावितहरुले १ लाख कित्ता र श्रमिकहरुले ५० हजार कित्ता आवेदन पेस गर्न मिल्छ।
कम्पनीले ५ मेवाको घट्टेखोला जलविद्युत आयोजना निर्माण गर्दैछ। जसको कुल लागत १ अर्ब ३९ करोड अनुमान गरेको छ। प्रति मेगावाट अनुमानित लागत २७ करोड ८७ लाख रुपैयाँ छ। यो नदी प्रवाहमा आधारित आयोजना हो।


सम्बन्धित समाचार