Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ आजदेखि

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आज असार १९ गतेदेखि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले ८ लाख कित्ता आईपीओ आयोजना प्रभावित दोलखाका गौरीशंकर गाउँपालिकाका वडा नम्बर ५,६,७, र ८ , बिगु गाउपालिकाको वडा नम्बर ४, र कालिन्चोक गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयलाई बिक्री गर्न लागेको हो । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
आईपीओमा स्थानीयले छिटोमा साउन २ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रमिकहरुले भने साउन २ गतेसम्म मात्र आवेदन दिन सक्ने छन् ।
स्थानीय र श्रमिकहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार