Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने !

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबलकार सेवा सञ्चालनमा आउन लागेको मनकामना केबुलकार व्यवस्थापनले जनाएको हो । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।  त्यसैगरी, मनकामना केबलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने जनाएको छ ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल