Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कैलाली । चुनावी सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले शिलान्यास र उद्घाटनमा व्यस्त रहेको बेला भोलि कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो। पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न नसकिने जनाएपछि उक्त औद्योगिक क्षेत्रको काम अलपत्र परेको थियो। उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए। सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन्। आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टले प्रधानमन्त्री आउने विषयमा जानकारी गराएका हुन्। ९ अरबको लागतमा ५ वर्ष भित्र सक्ने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ। अहिले दुई सय ९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि एक हजार बिघामा विस्तार हुने बताइएको छ।
प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक सुदूरपश्चिम आउन लागेका हुन्। यसअघि ओली गत पुस २४ गते धनगढी पुगेका थिए। औद्योगिक क्षेत्रको शिलान्यास देखाउने कार्यक्रम भए पनि ओली आफ्नो विरुद्धमा लागेका भीम रावलविरुद्ध खनिन कञ्चनपुर आउन लागेको बताइन्छ। ओली पछिल्लोपटक पूर्वदेखि पश्चिमसम्म शक्ति प्रदर्शनमा उत्रेकाले पनि धेरैले उनको सुदूरपश्चिम भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल