Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई शुक्रबार पक्राउ गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।
व्यवसायी भेटवालले सिन्धुली घर भएका राजकुमार बराललाई दिएको १० करोडको चेक बाउन्स भएको र त्यसविरुद्ध बैकिङ्ग कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको छ ।
दम र सुगरको बिरामी रहेका भेटवाललाई धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल