Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्ने मा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग जनमत पार्टीको थियो । तर खानेपानी मन्त्रालय दिइएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी जनमत पार्टीले दिइसकेको छ ।

प्रधानमन्त्रीले हिजो सहमत भएकै मन्त्रालय दिने आश्वासन दिएको बताइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा पनि कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल