Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद्ले पायो पूर्णता, देउवा सरकारमा सर्वोच्च अदालत

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमावेशबाट सत्ताको बागडोर सम्हालेको ८८ दिनपछि वर्तमान सरकार पूर्ण बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । जहाँ अदालतले समेत भाग पाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफू राणा भएको कारण प्रधानमन्त्री पत्नी डा. आरजु राणासँग जोडेको नाता यतिखेर छर्लङ्ग भएको छ । जबकि वर्तमान सरकारमा सर्वोच्च हावी हुनुपर्ने आवश्यकता थिएन । प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा १६५ जना सांसदको साथ पाएको अर्थ अदालतको हस्तक्षेपले रहन दिएन । धन्न नेपालका राजनीतिक दलहरुको हैसियत यतिखेर बचाउने ठाउँ संघीयता, लोकतन्त्र र गणतन्त्रको मौलिकमाथि प्रहार हुन बाँकी रहेको छ । कतै चोलेन्द्रकै दबावमा वर्तमान सरकारले गणतन्त्रमाथि प्रहार गर्यो भने प्रमुख प्रतिपक्षका नेता केपी शर्मा ओलीलाई रमाइलो चुड्किला फुराउनेमाध्यम नबनोस् ।
मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।