Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तयार गर्दै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मन्त्रिपरिषद पुनर्गठनका लागि मापदण्ड बनाउन पार्टी सचिवालय बैठकसमेत बोलाइएको छ। भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो। स्थायी कमिटीको बैठकबाट पारित भएका निर्णयहरु कार्यान्वयन गर्न सचिवालय बैठक बोलाइएको स्रोतले जनाएका छन्। सचिवालय बैठक बोलाउने विषयमा छलफल गर्न बुबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा वार्ता भएको थियो। दुई अधयक्षबीच भएको छलफलमा आगामी शुक्रबार पार्टी सचिवालय बैठक बस्ने सहमति भएको खुमलटार निकट स्रोतले जनायो। स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न मापदण्ड बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनगर्ठनका लागि अनौपचारिक रुपमा विभिन्न मोडलहरुमा छलफल भइरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। सबैमन्त्रीलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने, दुई वर्ष पुगेका मन्त्रीहरुको विदाई गरेर नयाँ मन्त्री बनाउने वा हाल रिक्त रहेका मन्त्रालयमा मात्र मन्त्री बनाउने भन्ने मोडलहरुमा अनौपचारिक छलफल चलिरहेको स्रोतले बतायो। स्थायी कमिटी बैठकले प्रदेश सरकारका विषयमा पनि आवश्यक निर्णय गर्ने भनेकाले प्रदेश मन्त्रिपरिषदबारे पनि यो सचिवालय बैठकमा छलफल हुने जनाइएको छ। यस्तै विभिन्न आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिमा पनि सचिवालयमा छलफल हुने जनाइएको छ। नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुँदैछ। बिहीबारको छलफल निश्कर्षमा पुगे शुक्रबार सचिवालय बैठकमा पनि यो विषयमा निर्णय हुन सक्ने जनाइएको छ।