Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । मन्त्रीपरिषद् विस्तारबारे आज सत्तारुढ गठबन्धनले छिनोफानो गर्ने तयारी थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बस्न लागेको हो ।
आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए । मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् । पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ । भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादीमा दबाब छ । सत्तारुढ दलमै पनि मन्त्री बन्नेलाई व्यवस्थापन गर्न दबाब छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल