Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजीका नाममा दाबी विरोध गर्ने झुण्डहरुकै कारण वर्तमान सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तार अब तिहारपछि मात्रै हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले एक सातायता मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र बनाए पनि विस्तार भने तिहारपछि मात्रै हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ। प्रधानमन्त्री नियुक्त हुँदै गर्दा कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताएकी थिइन्। तर, विभिन्न पक्षलाई समेट्नुपर्ने र कामको गतिलाई तीव्र पार्नुपर्ने भएकाले उनले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद् बनाउने तयारी अघि बढाएकी छन्। अहिले आठ सदस्यीय मन्त्रिपरिषद् छ। यसमा ६÷७ जना थप गरेर मन्त्रीपरिषद् विस्तार हुनेछ, प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने, मन्त्रिपरिषद् बढीमा १५ सदस्यीयसम्मको हुनसक्छ। विगत केही दिनयता प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्रिपरिषद् विस्तारको घनिभूत छलफलमा छन्। विभिन्न पक्षहरूसँग परामर्श गरेर उनीहरूले मन्त्री बन्नेहरूको टुंगो लगाउने काम गरिरहेका ती सदस्यले जानकारी दिए। विभिन्न पक्ष, उमेर समूह, समावेशिता, विशेषज्ञता सबैलाई हेरेर मन्त्रिपरिषद् विस्तार हुनेछ, उनले भने।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल