Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ । सरकारले टुंगो नलगाउँदा राष्ट्र बैंक गत चैत २५ गतेदेखि गभर्नर विहीन छ । अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् ।