Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पुराना मन्त्रीले कुर्सी नछाडेपछि दौरा सुरुवाल सिलाएर बसेका नयाँ नेताले सत्तामा जान नपाउँदा नेकपा एसमा भाँडभैलो मच्चिने संकेत देखिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका लागि सक्रिय भएका छन् । नेकपा एसले सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेपनि अध्यक्ष नेपालले दौडधुप बढाएका हुन् ।
नेपालले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग अध्यक्ष नेपालले मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् । प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरो छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइन्छ ।
बुधबार गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय प्रवेश गरेपनि प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौंला भनेका थिए । बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन प्रधानमन्त्री देउवाले अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल