Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीलाई ५५ लाख बुझाएपछि छानिए कार्यकारी, भागेका ठेकेदार खोज्ने जिम्मा कमलको

काठमाडौं । मेलम्ची आयोजनाको सहआयोजनाको रुपमा परिचित काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा रु. ५५ लाख मन्त्रीलाई बक्सीस दिने कबोल गरी कमल श्रेष्ठ कार्यकारी बनेर आएका छन् । श्रेष्ठलाई मेलम्ची विकास समिति अन्तर्गत साइड इञ्जिनियरको रुपमा खटाइएको थियो । उनकै समयमा बाँधबाट सुन्दरीजलसम्म पानी पठाउन तयारी गर्दा बाँधको ढोका फुट्न गई एक इञ्जिनियर र सहयोगीको मृत्यु भएको थियो । मेलम्ची विकास समितिका कार्यकारी निर्देशकको रुपमा तिरेश खत्री रहेका छन् भने श्रेष्ठ परियोजनाको साइड क्षेत्रका प्रमुख थिए ।

प्रमुखको दौडमा रहेका प्रदिप मुडभरी, अनिलभद्र खनाल र सूर्यराज कँडेललाई पछि पार्दै श्रेष्ठले बाजी मारेका हुन् ।परियोजनाले मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल तयार गर्दै आएको छ । त्यसका लागि परियोजनाले पाइप बिछ्याउने कामलाई अन्तिम चरणमा पुर्याएको छ । सुन्दरीजलदेखि काठमाडौँ उपत्यकाको लागि पाइप बिच्छ्याउने काम भइरहेको हो । काठमाडौँवासीका लागि मेलम्चीको पानी छेपाराको कथाजस्तै भइरहेको बेला परियोजना प्रमुखको नियुक्तिलाई विशेष महत्वका साथ हेरिएको छ । खानेपानी मन्त्री बिना मगरले अघिल्लो वर्ष नै काठमाडौँमा पानी झर्ने बताएको भएपनि विभिन्न बहानामा पानी ल्याउन ढिलाई भइरहेको छ ।

उनलाई छेक्न खानेपानी सचिव माधव बेलबासेले आफ्नै जिल्लावासी प्रदीप मुडभरीलाई अगाडि सारेका थिए । तर मन्त्री बिना मगरका अगाडि बेलबासेको केही चलेन । संयोगवश सचिव बेलबासे र मुडभरीको जागिरको समय ७ महिना मात्रै थियो । मन्त्री बिना मगरलाई भोजविक्रम थापाले रातारात लगाएको १४ अर्बको ठेक्काबाट प्राप्त हुने कमिशन ठेकेदारसँग उठाई बुझाउने इमान्दार कर्मचारी चाहिएको थियो । प्रदीप मुडभरी सचिवका विश्वासी थिए भने मन्त्रीलाई सहज रुपमा परिचालन गर्न सम्भव थिएन । त्यही कारण उनले कमल श्रेष्ठलाई आयोजना कार्यान्वयन निर्देशनालयको प्रमुखको रुपमा कात्तिक २ गते पत्र दिएकी छिन् ।

उनले यो बापत ५५ लाख रुपैयाँ मन्त्रीलाई आफ्नो तर्फबाट बुझाउने पर्ने छ भने पेश्की लिएर भागेका ठेकेदाहरुले मन्त्रीलाई दिने भनेको रकम संकलन गरी बुझाउनु पर्ने छ । मेलम्चीको बाँकी कामका निम्ति एडीबीमार्फत् प्राप्त हुने दोस्रो किस्ता रु १७ अर्ब मध्ये १४ अर्बको पाइप विस्तार र ट्यांकी निर्माणको ठेक्का लागिसकेको छ ।

 


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल