Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीहरुको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने जनाइएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको बुधबार जानकारी दिएका थिए । उनले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।
नेकपा एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।