Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ओली सरकार ढाल्दा एक भएका पदका लागि भिडन्त गरिरहेका दलहरु नेताका योजना र स्वार्थमा झुमेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ९ दिन पूरा हुँदा सम्म भागवण्डाको मन्त्री मण्डलले पूर्णता पाएन । काँग्रेस भित्र तीन चार समूह छन् । प्रधानमन्त्रीले मन्त्री छान्दा आफूलाई सहज बनाउने भन्दा गुटको चित्त बुझाउनु पर्ने बाध्यता छ । दलीय गठबन्धनमा सहभागी एमाले माधव पक्ष जसपाको उपेन्द्र यादव समूहको अन्र्तपार्टी द्वन्द हटेको छैन । माधव पक्षले पार्टीको स्वरुप फेर्दा नफेर्र्दै जसपाको यादव पक्षको समस्या पनि कानूनी अल्झनसँग जोडिएको छ ।
काँग्रेसमा पार्टीले पाउने भन्दा धेरै आकाक्षी छन् । प्रधानमन्त्री सहति काँग्रेसले ६ मन्त्री पाउँदा पौडेल र सिटौला पक्षले सबै मन्त्री हामीलाई भन्न पाउने ठाँउ छैन । ओलीको एकाधिकार हटाउन लागेकाहरु प्रतेक ठाँउ भाग खोज्नु स्वभाविक छ । जनता र राष्ट्रको सर्वाेपरिता भएन । केवल नेता र गुटको सर्वाेपरितालाई जोड दिने पूरानो रोगले दलहरुलाई छाडेन । सरकारमा मन्त्रीका लागि २५ स्थान छन् । उपप्रमको भिड बिना विभागीय मन्त्रीको लस्कर केपि ओलीले लगाएकै हुन् । यो संस्कारको जन्मदाता शेरबहादुर नै थिए । देउवाबाट विकृति हट्दैन । उनले पार्टीमा महाधिवेशनको तयारी गरेका छन् । यता सरकारको अपाङ्ग रुप उता पार्टीको गुटैगुट मिलाउन देउवालाई सकस छ । त्यो सकस देउवा एक्लैले हटाउन सक्दैनन् । राष्ट्रका समस्यामा ध्यान केन्द्रीत गर्ने दायित्व प्रमको हुन्छ ।
माओवादीमा पनि हालत त्यही हो । यहाँ पनि गुट नै हावी छ । माओवादी भन्दा ठिक ओली भन्दा उनको एमाले ठिक भन्दै माओवादी त्यागेका राम बहादुर थापाको कसीगर माओवादीबाट हटेको छैन । तर त्यहाँ नाराणकाजी श्रेष्ठको टीमलाई भाग लगाउने चलन छ । पार्टी माओवादी भन्ने भाग पूर्व एकता केन्द्रको नछाड्ने संस्कारले त्यो पार्टी मुक्त छैन । संगठन भन्दा व्यक्ति हावी हुने राजनीति प्रवृत्ति नहटे सम्म दलहरुले झेलेका कुरा कार्यन्वयन हुदैनन् ।
उपेन्द्र यादवको टोलीलाई यस पटक बलियो अवस्था जुर्याे । ओलीले फुटाएका महन्तहरुलाई प्रम देउवा समक्ष जान बाध्य बनाएको रहस्य पार्टी कै हैसियतमा ठोकियो । अध्यादेश पृय ओली समूहले गरेका निर्णय उल्टीने छन् । २६ विधेयक विचारधिन छन् । मन्त्री सबैले आफ्नो मन्त्रालय स्तरका योजनाको चासो लिनै पर्छ । व्यवस्था जे आए पनि नेताका चरित्र सुधार्न नसक्दा मुलुकमा उत्साहा छैन । सत्त्ता पक्षका नेका र माओवादीले सरकार साझा कार्यक्रम तयार गर्न पूर्ण बहादुर खड्का र देव गुरुङ, वर्षामान पुनलाई खटाएका छन् । मन्त्री मण्डलले पूर्णता पाउने अवस्थामा छैन । दलहरु जनता केन्द्रीत भएकै छैनन् । स्वार्थमा केन्द्रीत दलका नेताहरुले राष्ट्रिय समस्यामा ध्यान दिएनन् । यस पटक दलहरु कुर्सी बाँडफाँडमा झगडा गर्दैन कि भन्ने थियो । तर काँग्रेसमा एक दर्जन माओवादीमा आठ जना जसपाका दर्जन आँकाक्षी भएका छन् । माधव नेपालको दलगत अवस्था निचोडमा आएको छैन । त्यो टीम सरकारमा जाने निर्णयमा पुग्यो भने काँग्रेस र माओवादीको मात्र होइन जसपाको समेत भाग खेसिन्छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल