Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री यादववाट कर्मचारी आतंकित !

काठमाण्डौ । जनताको सरोकार रहने खानेपानी मन्त्रालयमा उमाकान्त चौधरीजस्ता भ्रष्टाचारीले सताएको झल्को हटेको छैन । सहसचिव तिरेश खत्रीको लुच्चोपन र सचिव गेलालको भद्रताप्रति मन्त्रालय अन्र्तगतका प्रोजेक्ट विकास समिति, वोर्ड, सस्थान र केयुकेयलमा मात्र होइन खानेपानी तथा सरसफाई विभागका प्रमुख समेत मन्त्री महेन्द्र यादवको व्यवहार र शैली कस्तो छ कुर्दैछन । ०४६ सालसम्म काठ व्यापारीको पहिचानमा रहेका यादव नेकपा एमालेवाट साँसद भएका नेता हुन । उनी एमाले ओली पथका कारण लोकतन्त्र स्थापना पछि मधेसी क्षेत्रीय दलसँग जोडिएका हुन । विगतमा पनि उनी मन्त्री भए तर विवादीत थिएनन् । यसपटक उनी माओवादीको चुनाव चिन्हमा निर्वाचन लडेका थिए । कानूनी रुपमा दलीय आवद्धता माओवादी भएपनि यादव उपेन्द्र यादवको उत्पीडनवाट मुक्त हुदै डा. वावुराम भट्टराईको नाममा समाजवादी काममा सार सग्रहवादी समाजवादी पार्टी नेपालका साँसद तथा नेता हुन । जनमत पार्टीले खानेपानी मन्त्रालयको महत्वलाई बुझेन । त्यो पार्टीले के केन लतार्ने झैं उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय खोज्यो । तर सरकारका उद्योग बेचेर देश लुटने कालो बजार चम्काएर राजस्व छल्ने व्यापारीको सेवक काँग्रेसले त्यो मन्त्रालयमा दावी गर्दा खानेपानी मन्त्रालय जनमतले छोड्यो ।
उमाकान्त चौधरीको दादागिरी देख्दा भद्र भिमसेन दास प्रधान समेत पिआइडीको गाडी कव्जावाट वदनाम भए । मेलम्ची परियोजनाको प्रोजेक्ट आयोजना कार्यन्वयन निर्देशनालयका हाकीमहरु उमाकान्तवाट धेरै प्रताडित थिए । ५ हजार घुस पनि नछाडने सरकारको सम्पत्तिमा दोहन गर्ने उमाकान्तजस्ता घुस्याहाले अत्याएको कारण मन्त्रालय देखि नै कर्मचरी आतंकित भएका हुन । यीनैले केयुकेयलका काँग्रेसी कर्मचारी उचालेर आन्दोलन गराए । त्यही मन्त्रालयमा मधेसी मुलका नेता मन्त्री बन्दा आत्तिनु पर्ने माओवादीकी विना मगर मन्त्री हुँदा सहज हुने कारण भनेकै उमाकान्त प्रकृति हो । चौधरीले श्रमतिर छोरालाई मात्र होइन सचिवालयमा भित्रयाएका दर्जन भन्दा बढी कार्यकर्तालाई राज्य श्रोत दोहन गर्दै गाडी मोटरसाईकल र इन्धन दिलाएका थिए । हिजो विजय गच्छेदार प्यानलका उमाकान्त पछिल्लो समय कृष्ण सिटौलाको कोटामा खानेपानी मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्री वन्दा उनले लुटने सीप सिकेका हुन् । खानेपानी मन्त्रीले आर्थिक रुपमा जर्जर भएको केयुकेयलमाथी काँग्रेसी कर्मचारी उचालेर आक्रमण गरेका थिए । जनतालाई खानेपानी दिन नसक्ने फुटेका पाईप मर्मत नगर्ने नालायक कार्यकारी निर्देशक मिलन शाक्यलाई अर्का भ्रष्ट सहसचिव त्रिरेश कुमार खत्रीको आडमा सताएका उमाकान्त चौधरीलाई जनताले वारा जिल्लावाट पराजीत गर्नासाथ पिडित कर्मचारीले राहत महशुस गरेका हुन् । केयुकेयलको आन्दोलनको फल शाक्य केही समय निलम्वनमा परेका थिए ।
चौधरी आफू भ्रष्टाचारमा सरिक भए । मागेको पैसा दिन नसक्दा युवा इन्जीनियर पिआइडीवाट कमल श्रेष्ठ विभागमा गए । पिआइडीमा आएका कार्यकारी र विभागका महानिर्देशकले मन्त्री र परिवारको विदेश यात्राको खर्च बेहोरेका थिए । त्यो घृणीत पात्रवाट मुक्त भएको देशभर संजाल भएको जनता जाडिने मन्त्रालयको मर्म वुझ्ने हो भने मन्त्री महेन्द्र यादवले कर्मचारीको साथ पाउँछन होइन भने उनले नेता मानेका डा. वावुराम विद्धान भएर पेण्डूलम वने जस्तै नियति खानेपानीमा भोग्ने हो ।


सम्बन्धित समाचार