Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सक्रिय राजनीतिमा होमिने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेता, मन्त्री र सांसदहरूसहित चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन्। भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गर्नेछ, जहाँ उनीहरूले दुई सहरमा कार्यक्रममा भाग लिनेछन्। भ्रमणको क्रममा भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी छ, तर अन्य भेटघाटहरू अझै खुलाइएको छैन। काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका केही नेता, मन्त्री र सांसदहरूसहित छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १० गते चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेको हो । भण्डारीसँगै एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पत्रकार महेन्द्र विष्टलगायत चीन जाने सूची बनेको बताइएको छ । उक्त टोलीले चीनको २ वटा सहरमा हुने कार्यक्रममा भाग लिने स्रोतको भनाइ छ । चीन भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइए पनि चिनियाँ नेताहरू कोकोसँग भेटवार्ता गर्ने भन्ने खुलेको छैन । भ्रमण टोलीमा रहेका एक नेताका अनुसार भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने तयारी छ ।
२०८२ जेष्ठ ८
ताजा नेपाल
२०८२ जेष्ठ ८
ताजा नेपाल
२०८२ जेष्ठ ८
ताजा नेपाल