Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसा भड्काएर बेपत्ता भएका दुर्गा प्रसाईं १५ दिनपछि प्रहरीको नियन्त्रणमा आए । भाग्दाभाग्दै पनि आफू डराउँदिनँ भनेका प्रसाईं पक्राउ परेपछि भने आफैँ आत्मसमर्पण गरेको दाबी गरिरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई हिरासतमा राख्नुपहिले शुक्रबार जिल्ला अदालतमा उपस्थित गरायो। अदालतले उनलाई पहिलोपटक १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। क्यान्सरका बिरामी समेत रहेका प्रसाईंको स्वास्थ्यमा ख्याल गर्न पनि अदालतले प्रहरीलाई आदेश दिएको छ। अब प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउनेछ। अनुसन्धान नसकिए १२ दिनपछि फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। यो १५ दिन प्रसाईंले प्रहरीलाई निक्कै हैरानीमा पारे। त्यसदिन बानेश्वरमा प्रहरीलाई पेलेर गाडी चलाएका उनी मञ्चमा फर्किएर भीड उक्साए अनि, सटरभित्र लुके। बाहिर प्रहरीले उनका समर्थकमाथि गोली चलाउन थाल्यो। उनी भने आफ्ना सेनामेनासहित फुत्किए। जतिबेलासम्म उनी प्रहरीसामु थिए, त्यसबेलासम्म पक्राउ गर्ने आदेश थिएन। जब उनले डाँडो काटे, अनि प्रहरीले आदेश पायो। आफ्नै अगाडि रडाको मच्चाएर भागेका प्रसाईंलाई पक्राउ गर्न नसकेको भनेर प्रहरीको नियतमै प्रश्न पनि उठ्यो। सुरुमा खेलाँची गर्दा फुत्किएका प्रसाईंलाई पक्रन प्रहरीले भारतीय भूमिमा तीनवटा टोली फेरबदल गर्दै १५ दिन खट्नुपर्यो। तर प्रहरीको मिसन सफल पार्न भने प्रसाईं नै सहयोगी बने। उनले परिवारलाई गरेको सञ्चार सम्पर्क र उनले सार्वजनिक गरेका भिडिओ प्रहरीलाई प्रमाण बन्यो। आफू नेपालमै रहेको दाबी उनको थियो। आफू डरले नभागेको तर सुरक्षित हुनका लागि कतै बसिरहेको दाबी उको थियोा। त्यसपछि प्रहरीले उनको पृष्ठभूमिमा देखिएको मन्दिर बारे देशभर सर्कुलर जारी गर्यो। कतैबाट पनि त्यसको सुराक मिलेन। प्राविधिक हिसाबले खोजी गर्न उनको मोबाइल ललितपुरमै बन्द भइसकेको थियो। त्यसपछि मोबाइल खुलेको थिएन। तर उनी भने झापाबाट सिलगुडी हुँदै भारतको असामस्थित बक्सा जिल्लाको निकासी बन्ने ठाउँमा पुगिसकेका थिए। यो ठाउँ भुटानी सीमानाबाट करिब ५ किलोमिटरको दूरीमा पर्छ।
२०८१ चैत्र ३१
ताजा नेपाल
२०८१ चैत्र ३१
ताजा नेपाल
२०८१ चैत्र ३१
ताजा नेपाल