Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भरतपुर । पर्यटकहरुका लागि मात्र हाइन नेपाली जनताका लागि पनि मनपर्ने सहर चितवनको नारयणगण, भरतपूर, शौराहा जस्ता सहरी क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएको छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् ।
सीसीटीभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सीसीटीभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सीसीटीभी सडकमा जडान भएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र छन् ।
राससका अनुसार जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् । भरतपुर महानगरपालिकाको २९ स्थान, रत्ननगर नगरपालिकाको सात स्थान र खैरहनीको ६ स्थानमा थप सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको हो । हाल जिल्लाका ४० स्थानमा रहेका सीसीटीभीमध्ये भरतपुर महानगरपालिकाको ३७ स्थान, इच्छाकामना गाउँपालिकाको मुग्लिन र कालिका नगरपालिकको जुटपानीमा पनि सिसिटिभी जडान गरिएको छ ।
थापाका अनुसार सीसीटीभी अभाव हुँदा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्न कुनै पसलले वा अफिसले राखेको सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको छ।
“जिल्ला प्रवेश गर्ने कुनै नाकामा सीसीटीभी छ भने कुनैमा छैन, भएका पनि आधुनिक छैनन्,” थापाले भने । पुलचोक र मुग्लिनमा सीसीटीभी छन् भने फिसलिङ र लोथरमा छैनन् । अर्को जिल्ला प्रवेश नाका माडी भए पनि उक्त स्थानलाई हाल अतिआवश्यकमा समेटिएको छैन । थापाका अनुसार “थप पहिचान गरिएका स्थानमा सीसीटीभी नभई हुँदैन भनिएको हो । त्यति भए यथेष्ट हुन्छ भन्ने होइन,” ।
कार्यालयमा राखिन्छ तर सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ । विशेषगरी सीसीटीभी जडान तथा मर्मत गर्ने काम स्थानीय सरकारको हुन्छ । स्थानीय सरकार तथा सङ्घीयता आउनुअघि विभिन्न संघ(संस्था तथा सडक डिभिजनको समन्वयनमा सीसीटीभी जडान गरिने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन । चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम थाल्न पनि सकेका छैनन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल