Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलामी हराइरहेका ठाउँमा पुग्न सकेन प्रहरी

काठमाडौं । कालिकोटमा मलामी गएर बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको हो । स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू शव जलाउँदै गर्दा माथिबाट पहिरो खसेर बेपत्ता भएका थिए । भौगोलिक विकटताका कारण घटनास्थलसम्म पुग्न अझै नसकेको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए । उनले भने,‘घटनास्थलसम्म पुग्न नसकेकोले सदरमुकामबाट सशस्त्र प्रहरीको आउँदैछ । खोजी कार्य जारी छ । अहिले जुम्लाबाट सशस्त्र नेपाली सेनाको टोली आउँदैछ । समस्या कस्तो छ भने जहाँ घटना घटिरहेको छ । त्यो भन्दा २ किलोमिटरसम्म हिडडुल गर्न अप्ठ्यारो छ । भीर भएको हुँदा खोजी गर्न पनि समस्या छ ।’ पहिरोले बगाएर उनीहरुलाई तिला नदीमा खसेको हुन सक्ने जनप्रतिनिधि र प्रहरीको अनुमान छ । नदीमा पानीको बहाब पनि घटेको नघटेको खोजीमा समस्या भएको उनले बताए । उपप्रमुख शाहीले थपे,‘नदीको बहाब अहिलेपनि त्यतिकै कायम छ । घट्यो भने सजिलो होला ।’ शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी बेपत्ता थिए । शाहीका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना आइतबारदेखि बेपत्ता भएका हुन् ।