Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो।

पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा मात्र ९ रन बनाउन सक्यो। उसका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका अभय यादवले धारिलो बलिङ गर्दै ४ विकेट लिए। शुभम खनालले ३ विकेट हात पारेका थिए भने कप्तान विपीन शर्मा र सचिव भट्टले एक–एक विकेट लिए।

९१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विस्फोटक इनिङ्स खेले। उनी म्यान अफ द म्याच’ पनि घोषित भए। अर्का ब्याट्सम्यान शिवान्स बजगाईं २३ रनमा अविजित रहे।

नेपालले ११।४ ओभरमै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि नेपालले शनिबार हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल