Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित

काठमाडौं। ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने मुडमा बैंकहरु पुगेका छन्।
पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘महँगो ब्याजमा कसरी व्यवसाय चल्ला र ’ भन्दै बैंकहरु नै ऋण दिन निरुत्साहित देखिएका हुन्।
बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसियोनै ८५ प्रतिशत हाराहारीमा आइसकेको छ। सीडी रेसियोका हिसाबले अहिले बैंकहरु करिब २२५ अर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा छन्। तैपनि बैंकहरुले दिइरहेका छैनन्।
बैंकरका हिसाबले अहिले नयाँ ऋण १४ प्रतिशतभन्दा तलको ब्याज दरमा दिन सकिने अवस्था छैन। वैशाखबाट ब्याजदर केही कम हुने छ। निक्षेपको लागत घटेर ब्याज तल आउने छ भने स्प्रेड दरका कारण पनि ब्याज तल आउने छ। यसबाहेक बैंकहरुले आधार दरपछि लिने प्रिमियम पनि ५ प्रतिशतमा झारेका छन्।
‘अब ऋण जान्छ। तर, एक महिना कुर्नु पर्छ,’ ती बैंकरले भने, ‘राजनीतिक मुद्दा तत्कालका लागि सकिने छ। केही समयका लागि सरकारको ध्यान पनि अर्थतन्त्रतिर जान्छ। यो बेला व्यापार व्यवसाय बढाउनुपर्ने पनि हुन्छ। चौतर्फी दबाबले माग बढ्दा ऋण जाने अवस्था बन्छ।’
ऋणको भाउ उच्च भएर व्यवसाय गर्न नसक्ने अवस्था आएपछि व्यवसायीले ब्याज घटाउन दबाब दिइरहेका छन्। त्यही भएर वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीले बचत र मुद्दतीको ब्याज घटाउन थालेका छन्। त्यसको असर वैशाखको आधार दरमा देखिन्छ। आधार दर करिब १.२५ प्रतिशतले घट्दा ऋण पनि त्यतिले नै सस्तो हुन्छ।
बैंकरका अनुसार, अहिले छिटपुट रूपमा ऋण गइहाले पनि त्यो नयाँ परियोजनाका लागि नभइ व्यवहार मिलाउनका लागि हो। ‘एउटाबाट अर्कोमा सारेको, मूल्यांकन बढाएकोलाई त ऋण बिस्तार भयो भन्न मिल्दैन,’ ती बैंकरले भने, ‘जहाँसम्म नयाँ ऋण कसैले पनि दिएको छैन।’
अहिले बैंकहरुले सरकारी अनुदानको ऋण पनि दिइरहेका छैनन्। ऋणी आफैं समस्यामा परेको तथा सरकारले पनि अनुदान उपलब्ध गराएका कारण ऋण गएको छैन। यसबाहेक विपन्न वर्गमा जाने ऋण पनि करिब करिब रोकिएको छ। लघुवित्तमा समस्या देखिन थालेपछि बैंकहरुले सचेतना अपनाउँदा ऋण रोकिएको हो।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल