Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महन्तको पार्टीमा पारिवारिक भिड

राजनीति देश र जनताका लागि होइन पार्टी र नेताका लागि हो भन्ने कुरा छर्लँग भएको छ । मधेसमा अन्याय भयो भन्यो भारतमा बसेर नाकावन्दी लगाएर भारतकै भात खाएर नेपालीलाई दुःख दिने महन्त ठाकुर राजेन्द्र महतोको लागि लोसपा नाता गोता कुल कुटुम्वलाई पार्टीको पद बाडने औजार भएछ । ठाकुरले ३११ सदस्य केन्द्रीय समितिमा ६५ जना पदाधिकारी राख्दा महामन्त्री १६ जना राखेर रमिता देखाएका छन् । गजेन्द्र ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारीको पार्टी एकतामा उपेन्द्र, अशोक राई, डा. बाबुराम जोडिदा जसपा वन्यो कुरा मिलेन फुट्यो । चुनावमा एक्लै भिडेर सीट जित्न नसक्ने अवस्थामा पुगेको लोसपा र जसपा छुट्टा छुट्टै अस्तित्वमा थिए र छन् । काँग्रेस माओवादी गठवन्धनवाट लोसपाका चार जना सांसद निर्वाचित भए भने एमालेसँग मिलेको जसपाका १२ भाई भए ।
उपेन्द्रसँग केमेस्टी नमिल्दा डा. बाबुराम भट्टराईले नामको समाजवादी पार्टी त बनाए । तर चुनावमा माओवादी कै चिन्ह लिएर भिडदा सघंमा महेन्द्र यादव प्रदेशमा गंगा श्रेष्ठ सांसद छन् । डा. भट्टराईका कुरा मनन योग्य देश हितमा छन् । तर उनको संगठन छैन् । मधेसमा त्यस्तै अवस्था महन्त ठाकुरको भएको छ । विधान मै ४०१ केन्द्रीय सदस्य रहने व्यवस्था गरेको लेसपाले ३११ सदस्य केन्द्रीय समितिमा ६५ जनाको कार्यकारिणी राख्दा सम्धी उमाकान्त झा सम्धीनी इन्द्रा झा उपध्यक्ष सम्धीनीका भतिज डा. सञ्जीव झा सचिव छोरी मिनाक्षी ठाकुर केन्द्रीय सदस्य चयन भए । यस्तै स्थिती राजेन्द्र महतोको देखियो । महतोले पनि भतिज उपेन्द्र महतो ज्वाँई अनिल महासेठलाई महासचिव बनाए भने बरिष्ठ उपाध्यक्ष प्रदिप नारायण यादवले छोरा देवेन्द्र यादबलाई महासचिव बनाएकै छन् । महतो र ठाकुरले नातै नाता च्याप्दा वरिष्ठ नेता शरतसिंह भण्डारीले श्रीमति निर्जला राउतलाई २ पद दिलाए । उनको टीमका लागि प्राप्त वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा श्रमति निर्जला रावतलाई राखेर छोरी सृष्टी सिंहलाई सचिव बनाएका छन् । तीन नेताको यो जात्रा हेरेका अनिल झा भने यहाँ देखिएनन् । झा पनि लोसपाको वरिष्ठ नेतामा पर्छन् ।
मधेसको समस्या मधेसकै सरकारले समाधान गर्न सक्नुपर्छ । तर त्यहाँ दाईजोको कारण बुहारी छोरी मारिन्छन महन्त र राजेन्द्रहरुले थाहा पाउँदैनन् । प्रदेशमा पर्सा, रौतहट, वारा, महोत्तरी, सप्तरी, सिराह, सर्लाही, धनुषा जिल्ला पर्दछन् । जुन प्रदेश साहुकरको लुट छ दाईजो प्रथा, बोक्सीका नाममा महिलामाथी दमन छ अशिक्षा श्रम शोषण चरम छ त्यसको अन्तका लागि कुनै नेता गम्भीर छैनन् । संसदीय चुनावमा राष्ट्रिय पार्टी बन्न नसकेको लोकतान्त्रीक समाजवादी पार्टीको संगठन केन्द्रमा पदको भागवण्डामा जति सकृय छ त्ये रुपमा मधेस प्रदेशमा छैन् । तर सहमहासचिव ११ जना उपाध्यक्ष १५ जना महासचिव १६ जना राखेर रोटी भने राम्रै पकाएको छ । लोसपाको यो भागवण्डा र पदीय लालसाले त्यागी नेता महन्तको प्रतिष्ठा अव झन गुम्ने संकेत देखियो । ठूला पार्टी मिसन ८४ भन्दैछन लोसपा केन्द्रीय समितिको पद बिभाजनको जात्रामा मिसन ८० मनाउदैछ ।