Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महरालाई सीसीयूमा सारियो

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू) मा सारिएको छ ।
पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचाररत महराको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई शुक्रबारबाट सीसीयूमा राखेर उपचार थालिएको छ । शुक्रबार उनको रक्त्तचापसमेत बढेको अस्पताल स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएको देएिपछि उनलाई सीसीयूमा राखेर उपचार थालिएको हो ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा प्रहरीले पक्राउ गरेको थियो । उच्चरक्तचापको समस्य देखिएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् । स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान समेत लिन सकेको छैन् ।
प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको छ ।


सम्बन्धित समाचार