Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महरा पुगे उच्च अदालत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीदेखि युरोपियन युनियनका तलबदार कानुन विज्ञहरुको जालोले मात्र नपुगी आफ्नै पार्टीका सहयोद्धाहरुबाट षड्यन्त्रपूर्वक फसाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् ।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन विहीबार दर्ता गरिसएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।
गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो ।