Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाअभियोगको कुरा अनर्गल

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको बताएलगत्तै श्रेष्ठले ट्वीट गर्दै अनर्गल प्रचारमा नलाग्न आग्रह गरेका हुन् । राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् ।