Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाअभियोगको हल्लाले सरासर ल्याप्चे !

काठमाडौं । अपराधिक मानसिकता दलीय गुटबन्दी राजनीतिमा हावी भएको कारण नेपालमा सम्मानिनीयहरू समेत विवादमा पर्छन् । हिजो डा. रामवरण यादवले पनि काँग्रेस त्यो पनि कोइराला गुटको सेवा गरे । डा. यादव कुनै भोकमरी, सुकुम्बासी थिएनन् । उनको पदीय आधारमा देश सुहाउँदो सहयोग राष्ट्रिय ढुकुटीबाट भएकै थियो । तर उनले लोभ देखाइरहेका छन् । सरकारी अस्पतालले गरिबको उपचार गर्दैनन् । निजी अस्पतालले सेवा दिँदैनन् । पैसा कमाउन निजी अस्पतालको व्यापार चम्कन्छ । ठूला कलेज स्कुलहरूको ताल त्यही हो । देशमा सरकार कम्युनिष्टकै छ । अन्तरकलह चर्केको छ । यसको समाधान छलफल हो विभाजन होइन । यता देशको संरक्षक राष्ट्र प्रमुख बनाइएका चरित्रहरू भने आफू राजखान्दानकै संस्कार देखाउँदैछन् । त्यसमा पनि राजनीतिक विवाद चम्काउने तिनले गरेका छन् । प्रधानमन्त्री केपी ओलीको घमण्डले कहिले दल विभाजन रुपी अध्यादेश आउँछ । कहिले संसदको बैठक कसैको सल्लाह सुझाव बिना मन्त्री परिषद्को बैठकको हवाला दिँदै मन्त्रीहरू र सभामुखले समेत थाहा नपाई संसद अधिवेशन अन्त्यको सिफारिश पुग्छ । राष्ट्रपति कार्यालय पुगेको ओलीको पत्र रत्तिभर नराखी स्वीकृत हुन्छ किन ? के विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको स्वार्थलाई कानुनी रुप दिलाउन लगिने सिफारिश स्वीकृत गर्न राष्ट्रपति बनाइएकी हुन् ? विद्या स्वयं राजनीतिक सुझबुझ भएको त्यागी नेता होइनन् । मदन भण्डारीको मृत्युपश्चात सेतो सारीले तानको एमालेको राजनीति चमेनाको भर उनलाई थियो । केपी ओलीले सिंगो पार्टीको भन्दा गुटको राजनीतिक रंग दिँदाकै फल उनलाई मिलेको संसारले बुझेको छ । उनले निष्पक्षता कहाँ देखाइन् ? त्यही गुट मोहले महाभियोगका कुरा आएका हुन् । विभजान हुन नदिन युवा पंक्ति एक छ । सम्मानित चरित्रहरू गुटको शिकार बन्दा पदको गरिमा रहँदैन । जबर्जस्त जनतालाई सडकमा उभ्याएर सानको यात्रा गर्दा पनि आलोचित भइन्छ भन्ने बुझ्न नसक्दा व्यवस्थामाथि नै प्रहार हुन्छन् । अहिलेको संरचनाको सेना जनताको सेवक होइन । यो सेनाले राष्ट्रपतिलाई राजा बनाएको कसैलाई चित्त बुझेको छैन । राष्ट्रपतिका गतिविधिको के कुरा ? राष्ट्रको प्रमुख विद्यादेवी भण्डारीले कस्तो सल्लाह दिन्छिन् र ओली धाउँछन् ? कपटी चरित्र र गुटगत स्वभावले ग्रस्त ओलीपक्षको नेतृत्व पंक्ति अत्यन्त क्रूर र हिंस्रक देखिन्छ । यिनका लागि पार्टी, देशको कानुन चलनचल्ती स्मरणयोग्य छैन । पार्टी भन्दा गुटको खेतीमा रमाएका केपी ओलीको क्षमता र योग्यता भनेकै फरक मतप्रति असहिष्णु शैली हो । उनलाई परमेश्वर ठानेर आफ्नो स्वार्थ पूरा गर्ने उपप्रम एवं रक्षामन्त्री ईश्वर पोखरेले प्रदेशको मुख्यमन्त्रीहरू शंकर पोखरेल, डोरमणि पौडेल, शेरधन राईहरूको क्षमता जनताले देखिसकेका छन् । उनीहरूले पनि पार्टीको विधान चुनाव घोषणापत्रलाई लत्याएका छन् ।
कोरोनाले मुलुक भयग्रस्त छ । तर पूर्व प्रम तीन जना उपप्रम दुई जना मन्त्री त कति कति । सत्ता र पार्टीका अनुभवी नेताहरूको जमघट भएको नेकपाको ताल लज्जित देखिन्छ । यो विवाद नत नीति र सिद्धान्तसँग जोडियो नत कार्यक्रम र विकाससँग मिलेको छ । केबल पद र गुटको स्वार्थमा सरकार, पार्टी र राष्ट्रपति चलेका छन् । राष्ट्रपतिले आफ्नो गरिमा समेत देखाइनन् । प्रधानमन्त्रीले जे लैजान्छन् त्यसमा स्वीकार्नु किन प¥यो ? आवश्यकता र औचित्यको आधारमा विवाद भएकै छैन गल्ती सरकारको कार्यकारी भएकाले प्रधानमन्त्रीले गरेका छन् । तर उनी पार्टी निर्देशन विपरित जाने होइन । सचिवालयको बहुमतले यस्तो बेला दुवै पद छोड् भन्ने व्यवहारिक हुँदैन । प्रमले पनि गल्तीप्रति आत्मालोचित हुनुपर्छ, असन्तुष्ट नेताहरूले सरकार सञ्चालन संयन्त्र बनाएर जनताले दिएको अवसर पूरा गर्नुपर्छ । पार्टी विभाजन र गुटबन्दी अहिले पार्टी र देशको आवश्यकता होइन ।