Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशनको एजेन्डामा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकले मंसिर २७ देखि हुने भनिएको ११ औँ महाधिशेन तयारीबारे आवश्यक निर्णय लिनेछ । एमालेमा नयाँ नेतृत्वका लागि कित्ताकाट सुरू भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार महाधिवेशनसँगै मङ्सिर ६ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे पनि कुरा हुँदैछ । एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिइरहेको छ। एमालेले प्रतिनिधि सभा फर्काउन आन्दोलन थालिसकेको छ। तर एमालेले आन्दोलन थालिरहँदा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिसकेको छ। आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्नुपर्ने तालिका छ । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौँमा गर्न लागेको छ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छान्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल