Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
सभापति थापाले महाधिवेशनमा सहभागी हुने क्रममा पूर्वाग्रह नराख्न र सबैलाई सहभागी गराउने बताए।
उनले महाधिवेशनको गाडि आफूले हाँकेको र अब त्यो गाडि रोकिंदैन भने।
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने जिकिर गरे
अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए ।
‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो, उनले भने ।
महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने सभापति थापाको भनाइ छ ।
मैले सभापतिको रुपमा गाडी हाँकेँको छु । अब यो गाडी रोकिंदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन, सभापति थापाले भने, मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल