Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशनमा ५० हजारभन्दा बढी युवा उतार्ने घोषणा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरुलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यकाबाहेक बागमतीका १० वटा जिल्लाबाट १ हजार ५०० सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ । यसैगरी, महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेशबाट ४ हजार, गण्डकी ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ । संघका अध्यक्ष थेबेले भने, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौँ ।एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल