Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ। १०(१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ। उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन्।
जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ। जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो।
१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ। एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ। एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो। एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल