Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगरको चेतावनी मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरले बिहीबार एक सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरको अनुरोध छ ।

मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता र यसका लागि सबैबाट सहयोग अपेक्षा गरिएको पनि बताएको छ ।