Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाप्रबन्धक ठाकुरले दिए अदालत जाने धम्की

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरमाथि थाई स्माइल एयरवेजका प्रतिनिधिसँग आर्थिक लाभ लिन संवाद गरेको आरोप लागेको छ। गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको भन्दै मन्त्रालयले ठाकुरलाई निलम्बन गर्ने निर्णय गरेको छ। मन्त्रीस्तरीय निर्णयानुसार ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार भएको मन्त्रालयले जनाएको छ।
साथै यो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरेको छ। तर, ठाकुरले भने आफूविरूद्ध षडयन्त्र भएको दाबी गरेका छन्। उनले आफूविरूद्ध षडयन्त्र भएको र न्यायका लागि अदालत जाने बताएका छन्। आफूले गैरकानुनी लाभका लागि नभएर नवीकरण गर्न मात्रै भनेको उनको भनाइ छ।

ठाकुरको भनाइ
थाई एयर यहाँ सञ्चालन हुँदै थियो। कोरोनाको बेला थाई एयरले सेवा बन्द ग¥यो। कोरोनापछि थाई स्माइल सञ्चालन भयो। यो थाई एयरको भगिनी संस्था हो। उसले नेपाल सरकारबाट स्वीकृति लिएर सेल्फ ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गरिरहेको थियो। उसको चालु आर्थिक वर्ष २०७९÷८० मा नवीकरण भएको थिएन। मैले थाई स्माइलको रवि सिंह भन्ने जिएसए जनरल सेल्स एजेन्ट हुनुहुन्छ उहाँलाई मैले फोन गरेर १० पटक भने–तपाईं नवीकरण गराउनुस्। होइन भने यो बन्द गर्नुस्। उहाँले ‘तपाईं इनभ्वाइस पठाइ दिनुस्, मेरो कुरा भइसकेको छ। म बैंगकक पठाउँछु। हामी चाँडै तिर्छौं’ भन्नुभयो।
यति भन्दा भन्दै थाईको जुन इन्जिनियर यहाँ छ उसले एयरपोर्टमा के गर्दो रहेछ भने आफ्नो एयरलाइन्सलाई त सेवा दियोदियो गैरकानुनी रूपमा उसले सिंगापुर एयरलाइन्स, थाई लाइन, क्याथी प्यासेफिक, मलेसियन एयरलाइन्स र मलिंगो एयरलाइन्सलाई पनि इन्जिनियरिङ सेवा दिएर यहाँ पैसा कमाइरहेको छ।
मैले ‘तपाईं इलिगल काम गरिरहनु भएको छ। सेल्फ ग्राउन्डिङको अनुमति पाउनु भएको छ, यो बन्द गर्नुस्’ भनेर भनें। हामीले सोझै रोक्यौं भने दुई देशबीचको सम्बन्धमा असर पर्छ। यो गैरकानुनी काम नगरौैं भन्दा भन्दै के भयो कहाँबाट डिजाइनमा आएर म कहाँ आउनुभयो। एक दिन आएर म भेट्न चाहन्छु भन्दै मेरो कोठामा आयो। मैले सोधें– के छ ? किन आउनु भएको हो ? उहाँले मलाई आज सन्चो छैन भन्नुभयो।
अनि मैले त्यसोभए किन आएको भनेर सोधें। उहाँले ‘हैन तपाईंले मलाई एकदम प्रेसर क्रिएट गर्नुभयो, म ज्यादै तनावमा छु’ भनेर भन्नुभयो। मैले उहाँलाई भने,‘तपाईं तनावमा किन हुनुहुन्छ। तपाईं त एउटा स्टाफ हो। म आफ्नो अर्गेनाइजेसनको लागि काम गरिरहेको छु। तपाईं आफ्नो अर्गेनाइजेसनको लागि काम गरिरहनु भएको छ। तपाईंको तलबभन्दा थोरै जाने हो ररु यहाँबाट इनभ्वाइस जारी हुन्छ। मैले रविलाई भनिसकेको छु। तपाईं हेडअफिसमा जानुस् अनि पैसा तिर्नुस्। फेयरली काम गर्नुस्।’ उहाँले मसँग ३–४ लाख रूपैयाँ छ भनेर भन्नुभयो। ‘अरे बाबा तपाईं पैसाको कुरा किन गर्नुहुन्छ। इनभ्वाइस बैंकमा जान्छ। बैंक थु्रु तपाईंले पेमेन्ट गर्ने हो। तपाईंको ३–४ लाखले हुँदैन। तपाईंले बिल इनभ्वाइस पठाउनुस्। बैंगककले पैसा तिर्छ,’ मैले भने।
कुरा यति हो। अरू केही भएको छैन। यसपछाडिको एउटा त कारण मलाई के लाग्छ भने सायद यो चेयरमा कोही आउन चाहिरहेको होला। त्यसको पनि डिजाइन हुनसक्छ। यसलाई हटाएर, सस्पेन्ड गराएर म जिएम बन्न पाउँ भन्ने होला। नम्बर दुई यो इन्जिनियर जसलाई मैले भने इन्जिनियरिङ सेवा रोक्नका लागि भने उसले यो षडयन्त्र गरेको हुनसक्छ। अर्को मलाई के लाग्छ भने सपोज मेरो गल्ती भयो। अडियोमा आयो भने मलाई त मन्त्रालयले सोध्नु पर्दथ्यो– यसरी अडियो आएको छ। के यो तपाईंकै हो ? वा तपाईंले के पैसा मागेकै हो ? साथसाथै मैले नाम लिएको रवि सिंह र इन्जिनियरलाई सँगै राखेर सोधपुछ वा छानबिन गर्नु पर्दथ्यो। र, म दोषी भएको अवस्थामा मलाई निलम्बन गर्नु कानुनसम्मत हुन्थ्यो। मलाई त थाहै नदिइकन एकैचोटी मिडियामा आयो निलम्बन गरिएको छ। मेरो दुःख यसमै छ। मेरो कोही छैन भने मलाई जुनसुकै बेला निलम्बन गरिदिनेरु त्यति हो मेरो चित्त दुखाइ।
म न्यायका लागि कानुनी प्रक्रियामा जान्छु। मलाई अहिलेसम्म पत्र दिइएको छैन। मिडियामा मात्रै सुनेको छु। यदि मलाई पत्र दिइयो भने आइतबार नै म सम्मानित अदालतमा रिट दर्ता गर्छु। माननीय मन्त्रीज्यूको नाम लिएर पैसा मागेको कुरा विल्कुलै गलत हो। उहाँको नाम कहाँ छ र ? कहाँ मैले मागेको छु ? सबैभन्दा पहिले मैले पैसा मागेको अडियो कसैले प्रमाणित गरेर देखाओस्। मैले चाहिँ एक रूपैयाँ, पाँच रूपैयाँ, दश रूपैयाँ रकम त होला नि ?
मैले पैसा मागेको रेकर्ड दिनुप¥यो। माननीय मन्त्रीज्यूको नाम लिएको प्रमाण दिनुप¥यो।मैले कसैको नामै लिएको छैन। कसैसँग पैसा मागेकै छैन। अनि कसैले जथाभावी बोल्न पाइन्छ ? मैले प्राधिकरणका लागि नवीकरणको शुल्क मागेको हो। त्यो पनि टिआइएले गर्दैन। हेड अफिसले गर्छ नवीकरण। यहाँको बाँकी बक्यौता तपाईं तिरिदिनुस्। हेड अफिसमा गएर नवीकरण गराएर आउनुस् भनेर मात्रै मैले भनेको हुँ। अरू केही होइन।