Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामन्त्रीमा गगनको शानदार उपस्थिति, विश्वप्रकाश दोस्रो स्थानमा

काठमाडौं । काँग्रेसको बहुचर्चित महामन्त्री पदमा युवा नेता गगन थापाले आफ्नो जित सुनिश्चित बनाउँदै अग्रता बढाएका छन् । २८७६ मत गन्दा युवा नेता गगन थापाले
९५५ मतका साथ पहिलो स्थानमा छन् भने उनलाई थापाकै राजनीतिक गुरु विश्वप्रकाशले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाशको ६६० मत आउँदा संस्थापन प्यानलबाट उम्मेदवारी दिएका प्रकाशशरण महत ४९१ मतका साथ तेस्रो स्थानमा छन् भने सिटौको तर्फबाट संस्थानमा महामन्त्री बनेका प्रदीप पौडेल चौथो स्थानमा ४४९ मतका साथ रहेका छन् । यसैगरी रक्षामन्त्री समेत रहेका मिनेन्द्र रिजाल २७५ मतका साथ पछाडिबाट दोस्रो स्थानमा छन् भने अन्तिम स्थानमा रहेका डा. राजाराम कार्की ४६ मतमा रहेका छन् । कार्कीको मत परिणाम हेर्दा तीन अंक पुग्ने छाँटकाट देखिँदैन ।