Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मीका ऋणीहरुलाई व्याजदरमा सहुलियत

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले व्याजदरमा सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी भएको पुर्नकर्जा कार्यविधिअन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ । यसरी पुर्नकर्जा सुबिधाका लागी कोभिड १९को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न वर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।


सम्बन्धित समाचार