Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्ष शर्माले लिए सपथ

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।
फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।
साधारण सभा सम्पन्नपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो । अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।