Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालेखापरीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। रायालाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। राय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीको रुपमा कार्यरत् थिए। उनी पूर्वअर्थसचिव हुन्। गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो। राया एमालेनिकट मानिन्छन्। एमाले सत्तामा रहँदा उनले आकर्षक पोष्टिङ खाइरहेका थिए।