Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महावीरलाई पुरस्कारको भारी

काठमाडौं । विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुन यति बेला चर्चामा छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले केही गर्न सक्छ भनेर लागेका उनी देशका लागि एक अनुकरणीय व्यक्ति पनि हुन् । पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रममा धाउँदा र पुरस्कार ग्रहण कार्यक्रममा आफ्नो समय खर्चिन थालेको भन्दै उनले अब पुरस्कार नदिन आग्रह गरेका छन् ।
चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उनले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरे ।
मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न, उनले भने, ‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला । उनले आफ्नो योजना अनुसार काम गर्न र अघि बढ्न पर्याप्त समय चाहिने भएकाले पनि पुरस्कार तथा औपचारिक कार्यक्रममा कम सहभागी हुने बताएका छन् ।


सम्बन्धित समाचार