Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल सरकार दिएका विभुषण र अलंकार बेच्न नपाएपछि वैज्ञानिक महावीर पुनले आफूलाई विभिन्न मुलुकबाट मिलेका पदकहरु बिक्रीमा राखेका छन्। उनले बिहीबार जनैपूर्णिमाको शुभदिन भन्दै विभिन्न मुलुकबाट मिलेका पदक २० देखि २५ लाख रुपैयाँसम्ममा बिक्रीमा राखेका हुन्। नेपालका पदक बेच्न नपाइने भएपछि अब विदेशी मुलुकबाट प्राप्त पदकहरु किनेर घरमा वा म्युजियममा सजाउन चाहनेलाई बिक्री गर्ने उनले बताएका छन्। उनले विदेशी पदक बिक्रीबाट आउने पैसाले वीरगन्जको कृषि औजार कारखानामा ३०० देखि ५०० केभीएसम्मको बिजुलीको ट्रान्सफर्मर दसैंअगाडि नै राख्ने योजना बनाएका छन्। महावीरले तिहारपछि केही औजारहरु उत्पादन सुरु गर्ने योजनाका लागि कारखानामा धेरै क्षमताको बिजुली चाहिएको बताएका हुन्। कारखानाका करिब ८० प्रतिशत पुराना मशिनहरु मर्मत भइसकेकाले अब औजार उत्पादन थालिने उनले बताए। उनले आफ्नो जीवन कथाको किताब बेचेर आएको पैसा कृषि औजार कारखानामा खर्च गरिने पनि बताएका छन्। उनले उक्त किताब पनि किनिदिन भनेका छन्। मर्ता क्या नै कर्ता। हामीले खुट्टा तानेरै काम कर्ता है र मर्ता है, उनले भनेका छन्, कसैले पनि रिसराग र दुस्खमनाऊ नगर्नु होला। यसो गर्दा ती मेडलहरुको उच्च सम्मान हुनेछ।
बिक्रीमा राखिएका पदकहरुमा सन् १९९२ मा अमेरिकामा पाएको हनर ग्राजुएट मेडल, सन् २००७ मा फिलिपिन्समा पाएको रामोन म्याग्सेसे अवार्डको मेडल र सन् २०१४ मा अमेरिकामा पाएको इन्टरनेट हल अफ फेम रहेका छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल