Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महासंघको निर्वाचन फेरि अन्योलमा, चौतारी र युनियनको लडाइँ

काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेसका भगिनी संगठनहरु प्रेस चौतारी र प्रेस युनियनको नयाँ सदस्यताका बारेमा एकै किसिमको धारणा देखिन्छ । पत्रकारितासँग साइनो नराखेका केबल निर्वाचन जित्ने अभिप्रायले ४५० भन्दा बढी नयाँ सदस्य थप गर्ने यी दुई संगठनको लुछाचुँडीका कारण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हक हितमा आवाज उठाउँदै आएको नेपाल पत्रकार महासंघको असोज १२ गते घोषित निर्वाचत एकाएक स्थगित भएको छ । यी दुई संगठनको दबावका कारण अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएको मसि सुक्न नपाउँदै वरिष्ठ उपाध्यक्षको नाताले अध्यक्षको कार्यभार सम्हालेका रमेश विष्टले समेत एकाएक राजीनामा दिएपछि पत्रकार महासंघको निर्वाचन अनिश्चित भएको छ । सरकारको साथ, सहयोग नपाउने श्रमजीवी पत्रकारहरुको समयमा पारिश्रमिक नपाउने, स्वरोजगारमूलक पत्रपत्रिकाहरुको सरोकारको विषय रहेको समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न नचाहने प्रवृत्तिका कारण यतिखेर सञ्चार क्षेत्र आक्रान्त बनेको छ । यो क्षेत्रलाई साथ दिने साझा संगठनको रुपमा रहेको पत्रकार महासंघलाई प्रेस चौतरी र प्रेस युनियनको क्रिडास्थल बनाउन सक्रिय रहेका पात्रहरु नै कार्यवाहक अध्यक्ष रमेश विष्टलाई राजीनामा दिन बाध्य पार्ने मतियार बनेका छन् । विष्टले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ः


सम्बन्धित समाचार