Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महिला क्रिकेटले गरायो देशको शिर उच्च

नेपालको पुरूष टोलीले दुईपटक विश्‍वकप खेलिसकेको भएपनि महिला टोलीका लागि भने त्यो सपनाकै रूपमा थियो । सन् २००७ मा महिला क्रिकेट थालनी भएदेखिको प्रयास करिब १८ वर्षपछि आएर सार्थक भएको छ ।

युवा टोलीले विश्‍वकप खेलेसँगै अब सिनियर टोलीका लागि पनि यो विश्‍वकप सहभागिताले आत्मविश्वास बढाएको छ । सिनियर महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सिता राना मगरले पनि अहिलेको विश्‍वकप सहभागिता निकै नै सकारात्मक पक्षका रूपमा रहेको प्रतिक्रिया दिइन् ।

‘यो एकदमै खुसीको क्षण हो, यू .१९ ले विश्‍वकप खेलेपछि अब कति नयाँ खेलाडीहरूका लागि पनि मोटिभेसन प्राप्त भएको छ, हामी सिनियर टिमका खेलाडीहरूलाई पनि अब यू .१९ ले त खेलिसक्यो, हामी पनि सक्छौं हामीले गर्नुपर्छ भन्ने खालको एउटा मोटिभेसन नै आएको छ उनले भनिन् ।

यू .१९ टिमको जोश र सिनियर खेलाडीको अनुभवको समिश्रणले अब अझै धेरै राम्रो प्रदर्शन गर्दै जान सकिने सिताल‍े विश्‍वास व्यक्त गरेकी छन् । हामीले छनोटदेखि खेलाडीहरूको प्रदर्शन हेर्‍यौं, सबै खेलाडीहरूमा एउटा फरक किसिमको उत्साह अनि जोश थियो’ सिताले भनिन्, यू .१९ खेलाडीहरूको त्यस्तो जोश अनि हामी सिनियर खेलाडीहरूको अनुभव सँगै भएर त्यसैअनुसारको योजना बनाएर अघि बढ्यौं भने अबका दिनहरूमा हामी अझै राम्रो प्रदर्शन गर्दै थप सफलताहरू हासिल गर्न सक्छौं।

नेपालको सबैभन्दा पहिलो महिला क्रिकेट टोलीका नेतृत्वकर्ता एलबी क्षेत्रीले पनि यो सबैका लागि गर्व गर्ने विषय भएको उल्लेख गरे । ‘अत्यन्तै खुसी लागेको छ, सबैको साझा प्रयासले यो सफलता हामीले प्राप्त गरेकोमा हाम्रो महिला क्रिकेट पनि अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ्ग हुदैछ भन्ने लागेको छ’ उनले भने ।


सम्बन्धित समाचार