Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघरमा रक्षा बमविरुद्ध जेन जी खनिए पछी

काठमाडौं । चर्चित जेन जी अभियन्ता रक्षा बम हिजो माइतीघरमा प्लेकार्ड देखाउन पुग्दा अप्रिय स्थितिको सामना गर्नु परेको छ । सरकारविरुद्ध प्रदर्शनरत जेनजी युवा युवती र घाइतेहरू उनीमाथि नै खनिए ।

केही दिनदेखि जेन जी अलाइन्सको नेतृत्वमा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो दिनमा रक्षा पनि सहभागी थिइन् । त्यसपछि तीन दिन उनी अनुपस्थित रहिन् । हिजो दिउँसो फेरि आफ्नो समूहका अभियन्ता युजन राजभण्डारीसँग उनी प्रदर्शनमा भाग लिन पुगिन् ।

रक्षा माइतीघर पुग्नासाथ तनावको स्थिति बनेको थियो । मुखमा मास्क लगाएर प्ले कार्ड बोकेर बसेकी रक्षामाथि जेन जी र घाइतेहरुले हाँपझाप सुरू गरे । सरिस्मा नाम गरेकी एक जेन जी युवतीले उनलाई नराम्ररी थर्काइन् ।

एक प्रत्यक्षदर्शीका अनुसार विवाद हुनुअघि सरिस्माले सुरूमा युजनसँग हात मिलाएकी थिइन् । त्यसपछि रक्षातिर हात लम्काइन् ।

तर, रक्षाले मेरो हातमा रगत लागेको छ, नो ह्यान्ड्सेक भनेपछि सरिस्मा भड्किएकी थिइन् । उनी रक्षामाथि खनिन थालिन् । केही जेन(जी घाइतेहरूले पनि उनलाई साथ दिए ।

सरिस्माले रक्षामाथि जेन जी आन्दोलन हाइज्याक गरेर नेता बनेको आरोप लगाइन् । भित्रभित्र प्रधानमन्त्री तथा गृहमन्त्रीसँग साँठगाँठ गरेर माइतीघरमा विरोधको नाटक गर्न आएको भन्दै हप्काइन् ।

सरिस्माले उनलाई भनिन्, गृहमन्त्री आफूले आफूलाई राष्ट्रियसभामा नियुक्त गर्दा प्रोब्लम भएको छैन तपाईंलाई तपाईंहरूले नै उहाँलाई गृहमन्त्री बनाएको होइन अहिले विरोध किन होला तपाईंबाट गल्ती भयो, गलत मान्छेलाई लानुभयो । रक्षा झिनो स्वरमा भन्छिन् गलत मान्छे होइन अहिले किन यहाँ आउनुहुँदैछ तपाईँ प्रधानमन्त्रीलाई अस्ति भर्खर आफैँ एक्लै भेटेर आउनुभयो । गृहमन्त्रीले रातिको दुई बजे फोन गर्दा पनि उठाउनुहुन्छ । बीबीसीलाई तपाईँको नाम गृहमन्त्रीले दिएको हो । जेन जीको लिडर को हो भन्दा रक्षा बम रे १ अहिले तपाईं प्रधानमन्त्री भन्दा ठूलो हुनुभयो फोन गर्दा नउठाउने, म्यासेज रिप्लाइ नगर्ने । तपाईंकै गृहमन्त्री, तपाईंकै साथीहरु सचिवालयमा । अनि यो के को नाटक

एक घाइते युवाले भने, तपाईँ यो आन्दोलनमा आउनु पर्दैन, तपाईँको मुख पनि हेर्ने मन छैन हामीलाई ।

उनलाई रक्षाले जवाफ दिइन्, सडक तिमीहरूको मात्र होइन । अनुहार हेर्न मन छैन भने आँखामा पट्टी लगाउनु । तिमीहरूले गोली खाएको भएर हामी २४ गते सडकमा निस्किएको हो ।

अर्की जेन जी युवतीले भनिन्, कोही युवाहरू आन्दोलनमा ताली बजाएकै कारण जेलमा छन् । तपाईँ सिंहदबार जलाएर वाउ भन्दै फोटोसेसन गर्नेलाई जेल हाल्ने कि नहाल्ने

रक्षाले जवाफ दिन सकिन् । त्यसपछि युवाहरूले रक्षा बम मुर्दावाद , रक्षा बमको हातमा रगत छ भन्दै नाराबाजी सुरू गरे । तनाव बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेरपछि रक्षा त्यहाँबाट हिँडिन् । जाँदाजाँदै उनले अब यो आन्दोलनमा नआउने बताएकी थिइन् ।

रेड च्याप्टर नामक संस्था चलाउने सरिस्माको रक्षासँग पहिलेदेखि चिनजान रहेको बुझिएको छ । पछिल्लो समयमा रक्षाले आफ्नो फोन नउठाएको र म्यासेज रिप्लाइ नगरेको भनेर सरिस्मा उनीसँग चिढिएकी थिइन् ।

रक्षाले केही मिडियाहरू प्रयोग गरेर आन्दोलनको सबै क्रेडिट लिएको र भन्दै अन्य समूहहरू पनि उनीसँग रुष्ट छन् । बीबीसीले समेत रक्षा बमलाई आन्दोलनको अगुवाका रूपमा प्रस्तुत गरेको उनीहरूलाई चित्त बुझेको छैन । हालैमात्र उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोप्य रूपमा भेटेको दाबी पनि उनीहरूले गरेका छन् ।

 


सम्बन्धित समाचार