Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघर मण्डलामा रिगलको कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

काठमाडौँ । योगराज ढकाल रिगललाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।

रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् । माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।