Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् । जनमत खुम्चिँदै गएर माओवादी केन्द्र शून्यतर्फ उन्मुख भएको शर्माले बताएका छन् । आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरु छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ, शर्माले भनेका छन्, हाम्रा एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ । शहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन ।
उनले थप लेखेका छन्, २०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका उनले जनाएका छन् । तर यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन आनकानी गरिरहेको उनको भनाइ छ ।
पार्टी साँघुरिदै जानुको मूल कारण जनता नभई पार्टीले उठाएका नारा, दिएका आश्वासन पूरा नहुँदाको परिणाम भएको उनको भनाइ छ । शान्ति प्रक्रियामा आएयता आफूहरुको तौरतरिका युद्धकालीनभन्दा फरक नभएको भन्दै शर्माले आफूहरुको रहनसहन राजामहाराजाको जस्तो भएको उल्लेख गरेका छन् । ‘शान्ति प्रक्रियामा आएयता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरु सही नभएको, हाम्रो बसाइ उठाइ, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन्, शर्माले नेताहरुको जीवनशैलीमा प्रश्न उठाउँदै लेखेका छन्, न हामीलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले त्यो गर्न सक्ने अवस्था छ, न सुमसुम्याउन चाहनेहरुले त्यो अवसर पाउने स्थिति छ । सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै हामी रमाउन थाल्यौं ।
शान्तिप्रक्रिया लगत्तै समग्र पार्टी पंक्तिलाई अभियानात्मक रूपले उत्पादन र रोजगारी श्रृजनाको अभियानमा जोड्न आवश्यक भए पनि त्यसमा आफूहरु रनभुल्लमा परÞेको उनले बताए । उनले भनेका छन्, यस सम्बन्धी प्रस्ताव पार्टीमा राख्दासमेत कुनै सुनवाइ भएन । ‘संवैधानिक र नीतिगत व्यवस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमार्फत संस्थागत गरी स्थायित्व दिनु थियो । तर त्यसो हुन सकेन, उनले भनेका छन्, भूमिसुधार र भूमिको व्यवस्थापनमार्फत जनजीविकाको प्रबन्ध मिलाउन सकिएन । भूमिको सवालमा स्पष्ट नीति तर्जुमा गरिएन । भूमि र कृषि क्षेत्रलाई पुरै नजरअन्दाज गरियो ।
पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् । उनले संविधानमा उल्लेख गरिएको समाजवादउन्मुख शब्दको सार्थकतालाई ध्यानमा राखेर जनपक्षीय बजेट तथा योजना बनाउन समेत नसकिएको उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो सरकार हुदाँहुँदै पनि तिनलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको भन्दै उनले भनेका छन्, सरकार प्रमुख एवं सत्ता साझेदार भएर सरकारमा सहभागी भइरहँदा पनि संघीयताको स्प्रिट अनुसार संवैधानिक तथा राजकीय अंगहरुलाई जनताका पक्षमा रुपान्तरण गर्न सकिएन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल